21
7:51 PM

बौलाएँ रे म !
      
कपाल उसको फर्फराउँदो देखी लठ्ठ पर्दा
ठेस लागी लड्दा खेरि बौलाएँ रे म !

मधुर मुस्कान उसको मैले हासीँ फर्काउदा
लजाई टाउको उनले मोड्दा बौलाएँ रे म !

चिन्ने रहरसँगै मैले पछ्याउदा उनलाई
झुल्दै उनको लचकतामा बौलाएँ रे म !

हास्तैँ हास्तैँ फेसबुकमा रम्दा म र उनी
देख्ने सुन्ने भन्ने गर्थे बौलाएँ रे म !

सधै सधै हेरिरहुँ लाग्यो उनीलाई
नशालु ती यौवन सँगै बौलाएँ रे म !

छिन् कि उनी म नै सँग सपनाको बिस्तरामा
अङ्गाल्दैमा भित्तो पर्दा बौलाएँ रे म !

लगनगाँठो तयारीमा नातागोता बुझ्दा
बहिनी परिन् सम्बन्धमा बौलाएँ रे म !

(Gazal presented in welcome program 2069 of Liverpool Int'l College, New Baneshwor, Kathmandu, Nepal)
          
Continue reading →